नागढुंगा सुरुङ मार्ग आजदेखि निजी सवारीले नि:शुल्क प्रयोग गर्न पाउने

हिमाल प्रेस ८ भदौ २०८३ १२:५३ | Monday, August 24, 2026
नागढुंगा सुरुङ मार्ग आजदेखि निजी सवारीले नि:शुल्क प्रयोग गर्न पाउने

काठमाडौँ- नागढुंगा सुरुङ मार्ग सोमबारदेखि निजी सवारी साधनका लागि नि:शुल्क प्रयोग गर्न पाउने गरी खुला गरिएको छ।  एक महिना पूर्वाधार मन्त्री सुनिल लम्सालले  उद्‌घाटन गरे पनि औपचारिकरूपमा खुलेको थिएन। आजदेखि भने सुरूङमार्ग निजी सवारी साधनका लागि निशुल्क खुला गरिएको नागढुंगा आयोजना स्रोतले जनाएको छ। आजका लागि परीक्षणस्वरूप एकतर्फी सञ्चालनमा आएको सुरुङमार्ग भोलिदेखि भने दुईतर्फी नै सञ्चालनमा आउनेछ।

उद्‌घाटनको समयदेखि हालसम्म आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएकोमा अब भने निजी सवारी साधनले पनि प्रयोग गर्न पाउनेछन्। सुरुङ मार्ग सुरक्षा युनिटका अनुसार निश्चित समयका लागि मात्र निजी सवारी साधनलाई सुरुङ मार्गमा प्रवेश दिइएको हो।

आजैदेखि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गर्न थालिएको छ। आजै बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालन गरिएको छ।

 

प्रकाशित: ८ भदौ २०८३ १२:५३ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast