दुई उपरथीसहित चार महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

हिमाल प्रेस ८ भदौ २०८३ १३:१० | Monday, August 24, 2026
दुई उपरथीसहित चार महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका दुई सहायक रथी तथा महासेनानीमा पदोन्नति भएका चार प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

भदौ ५ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी द्रव्यराम भण्डारी र सहायक रथी रन्जित थापा पीएचडीलाई प्रधान सेनापति सिग्देलले आज जङ्गीअड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सोही अवसरमा प्रधानसेनापतिले महासेनानी दर्जामा पदोन्नति भएका चार जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

कार्यक्रममा रथीवृन्द, अधिकृतहरू तथा पदोन्नति भएका रथीवृन्द र अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

 

प्रकाशित: ८ भदौ २०८३ १३:१० | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast