काठमाडौँ- नेपाली सेनाले रसुवामा बाढीका कारण प्रभावित १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरेको जनाएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार स्याप्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।
उद्धारका लागि उक्त क्षेत्रमा नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रकाशित: १० भदौ २०८३ १२:३१ | Wednesday, August 26, 2026
प्रतिक्रिया


