शून्य समय : मुलुकमा सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण

हिमाल प्रेस १४ साउन २०८३ १५:५५ | Thursday, July 30, 2026
6
SHARES
शून्य समय : मुलुकमा सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सुनसरी घटनाको शान्तिपूर्ण समाधान गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका छन्।

उनीहरूले सामाजिक सद्भाव र शान्तिसुव्यवस्था कायम गर्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सबै सरोकारवालाले आआफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राखे।

सांसदहरूले वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको व्यवस्थापन, क्षतिपूर्ति, किसानलाई समयमै मल र बीउको उपलब्धता, बाँदर व्यवस्थापन तथा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए।

शून्य समयमा विभिन्न दलका सांसदहरूले जनजीविका, विपद् व्यवस्थापन, कृषि तथा सामाजिक सद्भावसँग सम्बन्धित विषय उठाउँदै सरकारसँग प्रभावकारी कदम चाल्न आग्रह गरे।

प्रकाशित: १४ साउन २०८३ १५:५५ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast