इरानलाई ध्वस्त पार्ने ट्रम्पको धम्की

हिमाल प्रेस २७ असार २०८३ १४:५९ | Saturday, July 11, 2026
20
SHARES
इरानलाई ध्वस्त पार्ने ट्रम्पको धम्की डोनाल्ड ट्रम्प। फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको बताएका छन्।

सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले इस्लामिक गणतन्त्र इरानमाथि क्षेप्यास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएक जनाएका छन्।

यदि इरानी सरकारले विश्वका विभिन्न स्थानमा व्यक्त गरेको—संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपति को हत्या गर्ने वा हत्याको प्रयास गर्ने—धम्कीलाई कार्यान्वयन ग¥यो भने, त्यसको लगत्तै हजारौं थप क्षेप्यास्त्रहरू प्रहार गरिने उनले बताएका छन्।

यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारीपत्रको उल्लंघन गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा उनले ‘इरानले अहिले सम्म आफ्नो प्रतिबद्धता पालना गर्दै आएको र यो उल्लंघन अमेरिकाद्वारा गरिएका अन्य उल्लंघन र गलत कदमहरूको शृंखलाकै एक हिस्सा भन्दै यसमा दुवै पक्षको पालना अनिवार्य हुने बताएका छन्।

अल जजिराका अनुसार, इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालीबाफले तेहरान अमेरिका सामु कहिल्यै नझुक्ने बताउँदै यदि अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेमा आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहने बताएका छन्।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले इरानका रक्षकहरूले अमेरिकाको गतिविधिलाई निगरानीमा राखिरहेको बताएका छन्। गर्मीको मौसमको प्रवाह नगरी इरानका सशस्त्र बलमा आबद्ध रक्षकहरू देशका तट, टापु, सीमाना र अन्य संवेदनशील क्षेत्रहरूमा तैनाथ रही अमेरिकी गतिविधिलाई निगरानी गरिरहेको उनले प्रष्ट पारेका छन्।

यसैबीच, अल जजिराका अनुसार, अमेरिकी उच्च अधिकारीहरूले अमेरिका र इरानबीचको वार्ता फलदायी रहेको बताएका छन्।

अमेरिकाले भने इरानसँग सम्झौता हुनका लागि केही सर्तहरू पूरा हुनु पर्ने बताउँदै पहिलो सर्त इरान आणविक सर्तहरू मान्न सहमत हुनुपने र सबै आणविक सामग्रीहरु हस्तान्तरण गर्नु पर्ने अडान राख्दै आएका छन्।-रासस/क्युएनए

प्रकाशित: २७ असार २०८३ १४:५९ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast