फाइल तस्बिर
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहुलाई ‘बोस’ को हो भन्ने कुरा थाहा भएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन्।
उनले नेतान्यहुलाई ह्वाइट हाउसमा आफूसँग भेटघाटका लागि अनुरोध गरेको पनि बताएका छन्।
इजरालयलको विदेश मन्त्रालयले प्रधानमन्त्री नेतान्याहु चाँडै अमेरिका भ्रमणमा जाने बताएको थियो। विदेश मन्त्रालयले विज्ञप्ति निकालेर राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन वार्ता भएको समेत जनाएको थियो। अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा नेतान्याहुले राष्ट्रपति ट्रम्पलाई बधाई दिएको विदेश मन्त्रालयले जनाएको थियो।
ट्रम्पले भने,‘हामीबीच धेरै राम्रो सम्बन्ध छ। नेतान्युहलाई बोस को हो भन्ने थाहा छ।’
ट्रम्प नेटो शिखर सम्मेलनबाट फर्किएपछि अर्को हप्ताको सुरूवातमै प्रधानमन्त्री नेतान्याहुसँग भेटवार्ता हुनसक्ने बताइएको छ।
यसअघि दुवै नेताबीच यसै वर्षको फेब्रुअरीमा ह्वाइट हाउसमा भेट भएको थियो।




