मधेशबाट ३६ जना पक्राउ

हिमाल प्रेस १५ साउन २०८३ १९:२८ | Friday, July 31, 2026
10
SHARES
मधेशबाट ३६ जना पक्राउ

काठमाडौँ- तराई–मधेशका विभिन्न जिल्लाबाट प्रदर्शनमा उत्रिएका ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सबैभन्दा बढी धनुषाबाट १९ जना पक्राउ परेका छन्।

त्यस्तै सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ र पर्साबाट १ जना पक्राउ गरेको प्रहरीले जनाएको छ।

सुनसरीको देवानगञ्जमा दुई समुदायबीचको झडपका क्रममा गोली लागेर दुई जनाको मृत्यु भएको घटनाको विरोधमा मधेश प्रदेशका जिल्लाहरूमा प्रदर्शन भइरहेका छन्।

प्रदर्शनकै क्रममा बिहीबार प्रहरीको गोली लागेर सिरहाको गोलबजारमा एक जनाको मृत्यु भएको थियो।

शुक्रबार पनि सुनसरीसहित सिरहा, सप्तरी, धनुषामा कफ्र्यु लगाइएको छ भने स्थानीय प्रशासनले पर्सामा निषेधाज्ञा लगाएको छ।

प्रकाशित: १५ साउन २०८३ १९:२८ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast