कांग्रेस इतर पक्षले बोलायो राष्ट्रिय भेला

हिमाल प्रेस ६ साउन २०८३ १८:३२ | Wednesday, July 22, 2026
6
SHARES
कांग्रेस इतर पक्षले बोलायो राष्ट्रिय भेला

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला बोलाएको छ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको घोषणा भएको हो।

कार्यक्रमका संयोजक तथा पूर्वउपसभापति प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला हुने घोषणा गरे।

राष्ट्रिय भेलाको घोषणा भएसँगै कांग्रेस औपचारिक रुपमा विभाजनको दिशातिर अगाडि बढेको छ।

राष्ट्रिय भेलाको घोषणा गर्दै नेता सिंहले भने,‘हाम्रो राष्ट्रिय भेला साउन २९ गते हुन्छ। काठमाडौँमा हुन्छ। थ्रेट होइन, काम गरेर देखाउने हो। हिजो पनि देखाएको हो।’

प्रकाशित: ६ साउन २०८३ १८:३२ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast