काठमाडौँ- दुई सातापछि बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ अनुपस्थित भएपछि सांसदहरूले सरकारको आलोचना गरेका छन्।
प्रधानमन्त्री संसद् बैठककै समयमा राष्ट्रिय सुरक्षा समिति बैठकमा सहभागी भएका कारण अनुपस्थित रहेको जनाइएको छ।
नेपाली कांग्रेसकी सांसद बासना थापाले संकटका बेला प्रधानमन्त्रीको मौनताले गलत सन्देश दिएको बताउँदै नेतृत्वले संवेदनशीलता देखाउनुपर्ने धारणा राखिन्।
सांसद रेखा कुमारी यादवले पनि गृहमन्त्रीको अनुपस्थितिमाथि प्रश्न उठाइन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि प्रधानमन्त्री र गृहमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग गरेका छन्।
प्रकाशित: १४ साउन २०८३ १२:३९ | Thursday, July 30, 2026
प्रतिक्रिया


