निर्यातजन्य उद्योग व्यवसायका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

हिमाल प्रेस ८ साउन २०८३ ९:५६ | Friday, July 24, 2026
6
SHARES
निर्यातजन्य उद्योग व्यवसायका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दैछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बिहान ११:३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैँचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पस्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उनीहरूसँग छलफल गर्नेछन्।

केही समयदेखि प्रधानमन्त्री शाहले देशको अर्थतन्त्र प्रवर्द्धनका लागि निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकार भएका निकायसँग निरन्तर संवाद गर्दै आएका छन्।

प्रकाशित: ८ साउन २०८३ ९:५६ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast