काठमाडौँ- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयपछि प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्।
पहिलो अधिवेशन तथा चालु अधिवेशनका ४१ बैठकमध्ये अधिकांशमा अनुपस्थित रहेका प्रचण्ड बिहीबारको बैठकमा सहभागी भएका हुन्।
आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने विधेयक, २०८३ सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रकाशित: १४ साउन २०८३ १२:४० | Thursday, July 30, 2026
प्रतिक्रिया


