कर्णाली सडकका सुझाव संकलन गरेर फर्किए पूर्वाधारमन्त्री लम्साल

हिमाल प्रेस ५ साउन २०८३ १५:३५ | Tuesday, July 21, 2026
20
SHARES
कर्णाली सडकका सुझाव संकलन गरेर फर्किए पूर्वाधारमन्त्री लम्साल पूर्वाधार विकासमन्त्री सुनिल लम्साल। फाइल तस्बिर।

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक पूर्वाधारको स्थलगत अनुगमन गरेर नेपालगन्ज फर्किएका छन्। जुम्लाबाट मुगु हुँदै सोमबार हुम्ला पुगेका मन्त्री लम्सालले कर्णालीका सडकलगायतका पूर्वाधारहरूको विकास अवस्था, निर्माणकार्यको प्रगति अध्ययन र सबै सरोकारवालाहरूको माग तथा सुझाव संकलन गरेर मंगलबार नेपालगन्ज फर्किएका हुन्।

काठमाडौँबाट गत शुक्रबार सुर्खेत अवतरण भएलगत्तै वीरेन्द्रनगरमा सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख, निर्माण व्यवसायी, जनप्रतिनिधि, राजनीतिकर्मी, जनतासहित सबै सरोकारवालाहरूसँग संक्षिप्त छलफल गरेर कर्णाली राजमार्गको दैलेख हुँदै कालीकोटको सदरमुकाम मान्म पुगेका थिए।

शनिबार कालीकोट खण्डको सडक, भौतिक संरचनाको अनुगमन गरी प्राविधिक रूपमा देखिएका त्रुटि सुधार गर्न र बजेटको समुचित प्रयोग हुनेगरी खर्च गर्न निर्देशन दिए। यात्राका क्रममा कर्णाली राजमार्गलगायत सहायक मार्गहरू, कृषि सडक, पुल, खानेपानी, सिँचाइ आयोजना तथा विद्यालयका संरचनाहरूको मन्त्री लम्सालले अनुगमन गरे।

मुगु जिल्लाको सडक अवलोकन गर्दै हुम्ला पुगेका उनले स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सडक कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, निर्माण व्यवसायी र नागरिकसँग प्रत्यक्ष छलफल, अन्तक्र्रिया गरी उनीहरूका समस्या, आवश्यकता, माग र सुझाव संकलन गरी फर्किएको सांसद रमेश सापकोटाले जानकारी दिए।

प्रकाशित: ५ साउन २०८३ १५:३५ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast