अर्थमन्त्री स्वर्णीम वाग्ले । फाइल तस्बिर
काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन गरेका छन्।
बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई आजैदेखि पीडितसँग वार्ता सुरु गर्न निर्देशन दिइएको छ।
समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्।
सदस्य सचिवको जिम्मेवारी अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई दिइएको छ।
समितिको पहिलो बैठक अर्थ मन्त्रालयमा बसेर आन्दोलनरत पक्षसँग वार्ता प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
प्रकाशित: १४ साउन २०८३ १२:३५ | Thursday, July 30, 2026
प्रतिक्रिया


