लघुवित्त पीडितहरू आमरण अनशनमा

हिमाल प्रेस १२ साउन २०८३ १४:१० | Tuesday, July 28, 2026
लघुवित्त पीडितहरू आमरण अनशनमा

काठमाडौँ- वित्तीय शोषणविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरूले काठमाडौँमा आमरण अनशन थालेका छन्।

देशका विभिन्न भागबाट काठमाडौँ आएका पीडितहरूले लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको आयोजनामा काठमाडौँको माइतीघरमा मंगलबार सामूहिक आमरण अनशन थालेका हुन्।

लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौँ परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।

लघुवित्तका कर्मचारीहरूले घरघरमा पुगेर दुःख दिने गरेको र सरकारले पटक पटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेकाले काठमाडौँ केन्द्रित आन्दोलन गर्नुपरेको रौतहटबाट आएकी सिलम यादवले बताइन्।

पीडितहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै काठमाडौँमै प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।

प्रकाशित: १२ साउन २०८३ १४:१० | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast