देउवाको सचिवालयले भन्यो – हात भाँचिएको हल्ला आधारहीन

हिमाल प्रेस १ साउन २०८३ १६:१० | Friday, July 17, 2026
18
SHARES
देउवाको सचिवालयले भन्यो – हात भाँचिएको हल्ला आधारहीन शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्ने हल्ला निराधार रहेको उनको सचिवालय जनाएको छ।

हङकङमा रहेका देउवाको बाथरुममा लडेर हात भाँचिएको भनेर केही सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि उनको सचिवालयले प्रष्टिकरण दिएको हो।

देउवाको सचिवालयले आधारहीन तथा भ्रामक समाचार फैलाएर भ्रम सिर्जना गरिएको बताएको छ।

‘उक्त समाचार पूर्ण रुपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौँ,’ देउवाको सचिवालयले भनेको छ,‘सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ। कुनै पनि आधिकारिक पुष्टिविना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’

उनको सचिवालयले कुनै पनि सूचना वा समाचार साझा गर्नुअघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न आग्रहसमेत गरेको छ।

प्रकाशित: १ साउन २०८३ १६:१० | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast