ईसीडी शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ४ साउन २०८३ १४:४६ | Monday, July 20, 2026
4.2k
SHARES
ईसीडी शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा शिक्षकको तस्बिर एआई निर्मित

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका-३, नयाँ लायकपुरस्थित मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षक (ईसीडी शिक्षक) नन्दा कुमारी शाहीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवा, लाभ तथा सुविधा लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार नन्दा कुमारी शाहीले बालविकास शिक्षक पदमा नियुक्ति लिनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट माध्यमिक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा शाहीले २०६६ मंसिर ३ गते बालविकास शिक्षक पदमा नियुक्ति लिने प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी ओहदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको आयोगको दाबी छ।

आयोगका अनुसार उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकाले सोही दफाअनुसार कैद र जरिवानाको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।

आरोपितमाथिको मुद्दाको अन्तिम निर्णय विशेष अदालतबाट हुने आयोगले जनाएको छ।

प्रकाशित: ४ साउन २०८३ १४:४६ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast