प्रहरीको गोलीबाट नागरिकको ज्यान जानु प्रशासनिक कमजोरी : राप्रपा

हिमाल प्रेस १५ साउन २०८३ १९:१२ | Friday, July 31, 2026
6
SHARES
प्रहरीको गोलीबाट नागरिकको ज्यान जानु प्रशासनिक कमजोरी : राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान जानुमा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी रहेको बताएको छ।

सुनसरीको देवानगञ्जका साथै मधेश प्रदेशका जिल्लाहरूमा पछिल्लो समय विकसित घटनाबारे राप्रपाले यस्तो बताएको हो।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले पछिल्ला घटनाहरूमा राज्यको गम्भीर कमजोरी रहेको ठहर गरेको छ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले राज्यले संयमता गुमाउँदा र परिस्थितिको सही विश्लेषण नगर्दा तराई मधेश क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना गन बल पुगेको बैठकले ठहर गरेको जानकारी दिए।

समस्याको समाधान दमन र गोली प्रहारबा खोज्नु उपयुक्त नरहेको भन्दै राप्रपाले घटनाको निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

तराई मधेशका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व वा धार्मिक महोत्सवका बेला पटकपटक तनाव, हिंसा र साम्प्रदायिक विवाद हुने क्रमप्रति राप्रपाले चासो व्यक्त गरेको छ।

‘धार्मिक संवेदनशीलतामाथि प्रहार भइरहेको यस्ता घटनाको कारण, पृष्ठभूमि, याजनाबद्ध पक्ष, सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वसमेतको गहिरो अध्ययन गरी समस्याको जरोसम्म पुगेर दीर्घकालीन समाधान खोज्न सरकारसँग राप्रपा आग्रह गर्दछ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ।

पटकपटक दोहोरिरहेको यस्ता घटनालाई सधैँका लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाइ तत्काल संवाद सुरू गर्न राप्रपाले सरकारसँग माग गरेको छ।

प्रकाशित: १५ साउन २०८३ १९:१२ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast