सर्वोच्च अदालतमा साउन ११ देखि नियमित सुनुवाइ हुने

हिमाल प्रेस २६ असार २०८३ १८:५१ | Friday, July 10, 2026
14
SHARES
सर्वोच्च अदालतमा साउन ११ देखि नियमित सुनुवाइ हुने

काठमाडौँ- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ।

प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनुवाइ रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनुवाइ साउन ११ गतेबाट हुने भएको हो।

यसअघि दुई हप्ता नियमित सुनुवाइ नहुने अभ्यास थियो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार साउन १ गतेदेखि ११ गतेसम्म बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा भने दर्ता तथा सुनुवाइ हुनेछ।

प्रकाशित: २६ असार २०८३ १८:५१ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast