एकै दिन ४२ विपद्का घटना, तीन जनाको मृत्यु

हिमाल प्रेस १३ साउन २०८३ १३:२४ | Wednesday, July 29, 2026
6
SHARES
एकै दिन ४२ विपद्का घटना, तीन जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न भागमा एकै दिन ४२ वटा विपद्का घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १० बजेदेखि साउन १२ गते बिहान १० बजेसम्मको अवधिमा १० जिल्ला प्रभावित भएका छन्।

यस अवधिमा तीन जनाको मृत्यु, २१ जना घाइते तथा कोही पनि बेपत्ता नभएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी १२ वटा सर्पदंश र १२ वटा पहिरोका घटना भएका छन्। यस्तै सात आगलागी, ६ अविरल वर्षा, तीन जनावर आक्रमण, एक बाढी र एक भूकम्पका घटना भएका छन्।

ती घटनाबाट करिब रु ९ लाख २२ हजार ५०० बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि साउन १२ गते बिहानसम्म देशभर तीन हजार ७८८ वटा विपद्का घटना भएका छन्।

ती घटनामा १९२ जनाको मृत्यु, तीन जना बेपत्ता र एक हजार १३९ जना घाइते भएका छन् भने पाँच हजार चार परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १३ साउन २०८३ १३:२४ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast