पुलु बजारमा घरमाथिबाट खसेको पहिरोमा परेर ३ वर्षीय बालकको मृत्यु, आमा घाइते

हिमाल प्रेस ९ साउन २०८३ १०:५४ | Saturday, July 25, 2026
8
SHARES
पुलु बजारमा घरमाथिबाट खसेको पहिरोमा परेर ३ वर्षीय बालकको मृत्यु, आमा घाइते

काठमाडौँ- मुगुको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगासहित पहिरो खस्दा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार बिहान करिब ४ बजे पहिरो आउँदा छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरोमा परी उनका बुबा ३२ वर्षीय जगनाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल घाइते भएका छन्।

उनीहरू पुलुमा स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका थिए। बडुवाल परिवार सुतिरहेको समयमा घरमाथि पहिरो खसेको थियो।

घाइते जगनाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। साथै, थप क्षति हुन सक्ने जोखिमका कारण आसपासका आठ घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित: ९ साउन २०८३ १०:५४ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast