चट्याङ लागेर महिलाको मृत्यु

हिमाल प्रेस १४ असार २०८३ २१:२८ | Sunday, June 28, 2026
8
SHARES
चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए।

वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी राई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिइन्।

प्रकाशित: १४ असार २०८३ २१:२८ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast