प्रतीकात्मक तस्बिर।
बाजुरा- बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको आइतबार मृत्यु भएको छ।
मृत्यु हुनेमा बूढीनन्दा-३ डोगडावाडाका ७३ वर्षीया नैना बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन्।
उनका अनुसार पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो।
प्रकाशित: २१ वैशाख २०८३ १२:२७ | Monday, May 4, 2026
प्रतिक्रिया



