चट्याङ लागेर युवकको मृत्यु

हिमाल प्रेस ७ वैशाख २०८३ ९:५० | Monday, April 20, 2026
4
SHARES
चट्याङ लागेर युवकको मृत्यु

गोरखा- गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार (वैशाख ६) साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी राजकुमार श्रेष्ठका अनुसार, घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ पर्दा थापा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित: ७ वैशाख २०८३ ९:५० | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast