प्रधानमन्त्रीले जवाफ नदिँदासम्म संसद चल्न दिँदैनौँ : बराल

हिमाल प्रेस २५ जेठ २०८३ १६:०६ | Monday, June 8, 2026
10
SHARES
प्रधानमन्त्रीले जवाफ नदिँदासम्म संसद चल्न दिँदैनौँ : बराल

काठमाडौँ- नेकपा (एमाले) का सांसद गुरु बरालले संसदको गतिरोध अन्त्य गर्नका लागि प्रधानमन्त्रीले नै जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण सदन अवरुद्ध भइरहेको भन्दै अब संसदको गतिरोध अन्त्य गर्नका लागि पनि प्रधानमन्त्रीले नै जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्।

उनले संसदमा प्रधानमन्त्रीलाई बोलाएर उक्त अभिव्यक्ति सच्चाउनुपर्ने आफूहरुको बटमलाइन भएको स्पष्ट पारे।

बजेटसम्बन्धी विषयमा छलफल गर्न निकै हतार भए पनि देशको सिमाना र नेपालले भूमि मिचेको विषय सबैभन्दा गम्भीर विषय भएको उनको भनाइ छ।

उनले रास्वपा सभापति भारतबाट फर्र्र्किएपछि देशले निकास पाउनेमा आफूहरु विश्वस्त रहे पनि त्यसो हुन नसकेकाले संसद अवरुद्ध भएको बताए।

प्रकाशित: २५ जेठ २०८३ १६:०६ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast