काठमाडौँ- नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा रहेको बताएका छन्।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठेरोमा पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा रहेको बताए।
सीमाका विषयमा गलत सूचना दिएर देशलाई भ्रमित पार्ने र देशको अस्मितामाथि नै प्रश्न उठ्ने अवस्था आउन दिन नहुने उनको भनाइ छ।
त्यस्तै सांसद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा रहेका बेला जबरजस्त सदन चलाउने सभामुखको कदम उचित नभएको बताए। उनले सदन सञ्चालनका लागि जिम्मेवार बन्न सभामुखलाई सुझाव समेत दिए।
विपक्षीलाई पेलेर जबरजस्ती सदन चलाउन खोजे दुर्घटना हुने उनको भनाइ छ।
प्रकाशित: १९ जेठ २०८३ १९:४० | Tuesday, June 2, 2026
प्रतिक्रिया




