फेवातालमा डुबेका भारतीय पर्यटकको उद्धार

हिमाल प्रेस २ असार २०८३ २१:०४ | Tuesday, June 16, 2026
10
SHARES
फेवातालमा डुबेका भारतीय पर्यटकको उद्धार

पोखरा- फेवातालमा मंगलबार साँझ आएको हावाहुरी र पानीको छालका कारण सर्फेस बोट पल्टिदा तालमा डुबेका दुई जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको छ।

हावाहुरी र पानीको छालका कारण दुईवटा सर्फेस बोट तालमा पल्टिएको थियो।

त्यसमा सवार भारतीय पर्यटक ४० वर्षीय धीरज कोरवाल र ३५ वर्षीय विकास कोरवाललाई फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डको १० जनाको विपद् व्यवस्थापन टोलीलेसाँझ सवा ६ बजे सकुशल उद्धार गरेको हो।

भारतीय पर्यटकले लाइफ ज्याकेट लगाएकाले मानवीय क्षति टरेको थियो।

सशस्त्र प्रहरी बल नं. २४ गण कालिका कास्कीले फेवातालमा रेस्क्यु टावर स्थापना गरी तालमा सम्भावित घटनामा तत्काल उद्धार गर्दै आएको छ।

प्रकाशित: २ असार २०८३ २१:०४ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast