पोखरा- फेवातालमा पौडी खेल्ने क्रममा डुबेर पोखरा काहुँखोला निवासी २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको छ।
बुधबार पौडी खेल्दाखेल्दै बेपत्ता उनको उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले गएराति अचेत अवस्थामा तालबाट बाहिर निकाले पनि अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उनी तालमा बेपत्ता भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षत्रीको नेतृत्वमा १३ जनाको टोली घटनास्थल पुगेको हो।
टोलीले रातभर खोजी कार्य जारी राखेको थियो । बिहान ३ बजेर ३५ मिनेटमा उनलाई अचेत अवस्थामा तालबाट बाहिर निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रकाशित: ७ जेठ २०८३ ११:४६ | Thursday, May 21, 2026
प्रतिक्रिया




