कूटनीतिक माध्यमबाट चिया निर्यातको समस्या हल गर्न पहल भइरहेको छ : उद्योगमन्त्री

हिमाल प्रेस ३ असार २०८३ १४:५४ | Wednesday, June 17, 2026
12
SHARES
कूटनीतिक माध्यमबाट चिया निर्यातको समस्या हल गर्न पहल भइरहेको छ : उद्योगमन्त्री उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल भइरहेको बताएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले चिया निर्यातमा देखिएका प्रविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएकी हुन्।

चिया तथा अलैँचीलगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेका उनले बताए।

उनले आयल निगमबाट सिलिगुढी चारअली र अमलेखगञ्ज लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढिरहेका र सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको जानकारी दिइन्। मन्त्री कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको तीन महिनाको लागि पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुरूप सरकारले काम गरिरहेको उल्लेख गरिन्।

उनले नवीन सोच र प्रविधिमा आधारित उद्यम प्रवद्र्धन गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम, व्यवसाय सम्वद्र्धन सेवा र उद्यमशीलता विकास कार्यक्रमसमेत सञ्चालन गरिने बताए।

राष्ट्रिय उद्यम सेवा मार्फत उद्यमशीलता विकास गर्दै स्वदेशी उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने लक्ष्यका साथ विविध कार्यक्रमहरू कार्यान्वयन गर्न प्रस्ताव गरिएको उनले बताइन्।

उनले औद्योगिक ग्रामलाई निर्माण कार्य प्रगतिका आधारमा मन्त्रालयबाट कानुनबमोजिम बजेट निकास गरिने स्पष्ट पारिन्।

प्रकाशित: ३ असार २०८३ १४:५४ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast