प्रथम मेयरकप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई

हिमाल प्रेस २२ जेठ २०८३ ६:१६ | Friday, June 5, 2026
18
SHARES
प्रथम मेयरकप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई

सुर्खेत- कर्णाली प्रदेशस्तरीय ‘प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८३’ को उपाधि सुर्खेतले जितेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रंगशालामा बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा सुर्खेतले जुम्लालाई २-० गोलअन्तरले पराजित गरेको हो।

विजेतालाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्रफीसहित रु चार लाख पुरस्कार प्रदान गरिन्। उपविजेता टोली जुम्लाले रु दुई लाख पुरस्कार प्राप्त गर्यो।

प्रतियोगिताका उत्कृष्ट खेलाडी जुम्लाका धर्मेन्द्र कुँवर, सर्वाधिक गोलकर्ता सुर्खेतका धनसिंह विक, उत्कृष्ट गोलरक्षक सुपबहादुर शाही, उत्कृष्ट डिफेन्डर दिवस बिसी, उत्कृष्ट मिडफिल्डर सुदीप गुरुङ र उत्कृष्ट प्रशिक्षक गणेश खड्कालाई जनही रु १५ हजार प्रदान गरियो।

यही जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा १० जिल्लाका १३ स्थानीय तहका खेलाडीको सहभागिता थियो। वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक तथा जिल्ला फुटबल संघ सुर्खेतको प्राविधिक सहयोग र कर्णाली प्रदेश फुटबल संघको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।

प्रकाशित: २२ जेठ २०८३ ६:१६ | Friday, June 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast