नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्पत्ति विवरण नभर्ने बताएका छन्।
बुधबार काठमाडौँमा नेकपा एमाले संगठन विभागले आयोजना गरेको कार्यक्रममा ओलीले सम्पत्ति छानबिनका लागि सरकारले गठन गरेको आयोगलाई सम्पत्ति विवरण नबुझाउने बताएका हुन्।
‘आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदने मैले, सम्पत्ति विवरण फेरि चाहियो, आगो लगाएर पुगेन, सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार के को सम्पत्ति विवरण,’ ओलीले भने।
कसैको अचाक्कली र अकुत सम्पत्ति देखिए छानबिन गरे भइहाल्ने उनले बताए। ओलीले भदौ २३ र २४ गते भएको आगजनीलगायतका उपद्रो मच्चाउनेहरूलाई उन्मुक्ति दिन खोजिएको जिकिर गरे।
प्रकाशित: २० जेठ २०८३ १६:१४ | Wednesday, June 3, 2026
प्रतिक्रिया




