भीष्मराजको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो संसदीय दल कार्यसमिति

हिमाल प्रेस १८ जेठ २०८३ ११:४७ | Monday, June 1, 2026
भीष्मराजको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो संसदीय दल कार्यसमिति कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ। संसदीय दलको कार्यसमितिको प्रमुख संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बनेका छन्। उपप्रमुखमा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह तोकिएका छन्।

कोषाध्यक्षमा डा. शाहजान खातुन र कार्यसमितिको सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएका छन्। १२ सदस्यीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन्। कार्यसमिति सदस्यहरूमा पवित्रा विक, कालीबहादुर सहकारी, रुक्मिणीदेवी कोइराला, जयपति रोकाय, हरिनादेवी कामी र सुशीला ढकाल आचार्य मनोनीत भएका छन्।

२ सदस्य मनोनयन गर्न बाँकी रहेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: १८ जेठ २०८३ ११:४७ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast