विद्यालय सञ्चालनमा एकरुपता कायम गर्न मन्त्रालयको परिपत्र

हिमाल प्रेस १९ जेठ २०८३ १७:४२ | Tuesday, June 2, 2026
20
SHARES
विद्यालय सञ्चालनमा एकरुपता कायम गर्न मन्त्रालयको परिपत्र एक सामुदायिक विद्यालय। फाइल तस्बिर ।

काठमाडौँ- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह समन्वय शाखाले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न आवश्यक पहल गर्न अनुरोध गरेको छ।

मन्त्रालयले सोमबार जारी गरेको पत्रमार्फत शिक्षा तथा खेलकुद मन्त्रालयको विद्यालय शिक्षा शाखाबाट प्राप्त निर्देशन स्थानीय तहहरूमा कार्यान्वयनका लागि पठाएको हो।

पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालयको जेठ ११ मा उल्लेख गरिएका विषयहरू आवश्यक जानकारी तथा कार्यान्वयनका लागि सबै स्थानीय तहमा पठाइएको जनाइएको छ।

मन्त्रालयले विद्यालय सञ्चालनका विषयमा देशभर समान नीति तथा अभ्यास लागू गर्ने उद्देश्यले उक्त निर्देशन जारी गरेको जनाएको छ। यससँगै स्थानीय तहहरूलाई सम्बन्धित व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।

उक्त पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालय तथा मन्त्रालयको सूचना प्रविधि शाखालाई समेत पठाइएको छ। सूचना प्रविधि शाखालाई पत्र इमेलमार्फत पठाई मन्त्रालयको वेबसाइटमा समेत प्रकाशन गर्न निर्देशन दिइएको छ।

मन्त्रालयका अनुसार विद्यालय व्यवस्थापन तथा सञ्चालनमा देखिने विविधता न्यूनीकरण गरी शैक्षिक गतिविधिलाई व्यवस्थित, प्रभावकारी र एकरूप बनाउन यो पहल गरिएको हो।

अस्तव्यस्त विद्यालय शिक्षा, स्थानीय तहले टेरेनन् संघीय निर्देशन

प्रकाशित: १९ जेठ २०८३ १७:४२ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast