भाइरल ‘माइली बुहारी’ले फिल्म खेल्ने

हिमाल प्रेस ५ मंसिर २०८३ ९:५४ | Saturday, November 21, 2026
भाइरल ‘माइली बुहारी’ले फिल्म खेल्ने

काठमाडौँ- टिकटकमा मासु परिकार खाएर चर्चित बनेकी ‘माइली बुहारी’ अर्थात् सुमित्रा दाहाल अब फिल्मको पर्दामा पनि देखिने भएकी छिन्। सामाजिक सञ्जालमा आफ्ना रमाइला भिडियोमार्फत लोकप्रियता कमाएकी सुमित्राले फिल्म ‘सेतो कोट’ बाट अभिनय यात्रा प्रारम्भ गर्न लागेकी हुन्।

मंसिर ४ गते शुभमुहूर्त गरिएको फिल्म ‘सेतो कोट’ मा पूजा शर्मा, अशोक दर्जी, नीर शाह, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवल्दार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे र सुप्रिया शर्मालगायत कलाकारको अभिनय रहने छ । यही कलाकारको भीडमा टिकटककी माइली बुहारी पनि थपिएकी छिन् ।

फिल्ममा डेब्यू गर्न लागेकी सुमित्राले आफूलाई हँसाउनभन्दा रुवाउन सजिलो हुने बताएकी छिन् । निर्मातासँग कुराकानी भएपछि आफू फिल्ममा जोडिएको उनको भनाइ छ ।

टिकटकमा मासु चोरेर खाँदै दर्शक हँसाएकी माइली बुहारी अब फिल्ममा दर्शकलाई रुवाउन सफल होलिन् त रु उनको यही भनाइले पनि ‘सेतो कोट’मा उनको भूमिका कस्तो हुने हो भन्ने कौतूहल बढाएको छ ।

 

 

 

प्रकाशित: ५ मंसिर २०८३ ९:५४ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast