जनमत पार्टीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

हिमाल प्रेस २५ जेठ २०८३ १४:५९ | Monday, June 8, 2026
12
SHARES
जनमत पार्टीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ।

विगतमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयनको माग गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत जनमत पार्टीले प्रधानमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो।

पार्टीका महासचिव चन्दन सिंहको नेतृत्वमा पुगेका जनमत पार्टीका नेताहरूले ज्ञापनपत्र बुझाएका थिए।

मधेश, थरुहट तथा ‘स्वराज आन्दोलन’ का क्रममा नेपाल सरकारले गरेका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौता कार्यान्वयन गर्न ज्ञापनपत्रमा माग गरिएको छ। जनमत पार्टीले सम्झौताअन्तर्गत बाँकी रहेका कामहरू कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनमत पार्टीले राजनैतिक आन्दोलनका क्रममा लागेका मुद्दाहरु फिर्ता लिई हिरासत र जेलमुक्त गनृ सरकारलाई ध्यानाकर्षण गराएको छ।

जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने, कर्मचारी र स्थानीय तह प्रदेश मातहत कायम गर्नुपर्ने, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रदेश माहत राखिनुपर्ने, नेपाली सेनामा मधेशी–थारुको सामूहिक भर्ना गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाच क्षेत्र कायम गर्नुपर्ने लगायतका माग राखेको छ।

यसअघि जनमत पार्टीले माइतीघर मण्डलमा प्रदर्शनसमेत गरेको थियो। प्रदर्शनमा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशकै बलमा सरकार बनाउने तर अधिकार नदिने षडयन्त्र हुँदै आएको बताए। उनले मधेशका लागि सबै व्यवस्था अनुदार बन्ने गरेको आरोप लगाए।

प्रकाशित: २५ जेठ २०८३ १४:५९ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast