काठमाडौँ- जनमत पार्टीको दोस्रो महाधिवेशनबाट अध्यक्षमा डा.सिके राउत फेरि सर्वसहमतिबाट निर्वाचित भएका छन्। असोज ९ गतेदेखि सुरु हुने महाधिवेशनका लागि असोज १ गते उम्मेदवारी दर्ता भएको थियो। विभिन्न पदमा १०३ जनाले उम्मेदवारी दिएकामा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको जनमत पार्टीका निवर्तमान महासचिव चन्दन सिंहले बताए ।
अध्यक्षसहित अन्य पदाधिकारीको प्रक्रियागत आधिकारिक घोषणा असोज १० गते हुने उनले बताए।
प्रकाशित: ५ असोज २०८३ ६:२१ | Monday, September 21, 2026
प्रतिक्रिया


