बंगलादेशका पूर्वप्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ

हिमाल प्रेस ३१ जेठ २०८३ १९:१२ | Sunday, June 14, 2026
18
SHARES
बंगलादेशका पूर्वप्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ

काठमाडौँ- बंगलादेशका पूर्वप्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ। उनीविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो।

कुनै समय पूर्वप्रधानमन्त्री शेख हसिनाको नजिकको सहयोगी रहेकी बेनजीरले सन् २०२४ को मे महिनामा देश छोडेका थिए।

‘¥यापिड एक्सन बटालियन’ नामक अर्धसैनिक बलको नेतृत्व गरेका उनलाई सयौँ बेपत्ता र गैरन्यायिक हत्यामा कथित भूमिकाको लागि संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा प्रतिबन्ध लगाएको थियो।

‘पूर्वप्रहरी प्रमुख अहमदलाई जुन १२ मा पक्राउ गरिएको र छिट्टै सुपुर्दगी गरिने छ,’ बंगलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले संसदलाई बताए।

अहमदद्विरुद्ध इन्टरपोलको ‘रेड नोटिस’ जारी गरिएको उनले बताए।

उनले भने, ‘यो ऐतिहासिक उपलब्धि हो। यी प्रयासहरूको माध्यमबाट हामी दण्डहीनताको संस्कृतिलाई तोड्न सक्षम हुनेछौँ,’ सलाहुद्दीन अहमदले भने।

सन् २०२४ अगस्तमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उनी निर्वासनमा रहँदै आएकी छन्।

प्रकाशित: ३१ जेठ २०८३ १९:१२ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast