२४ घण्टामा दुई हजार ७६ सवारी चालक कारबाही, उठ्यो १० लाख ५३ हजार ५१० कर

हिमाल प्रेस ८ असार २०८३ ११:२९ | Monday, June 22, 2026
6
SHARES
२४ घण्टामा दुई हजार ७६ सवारी चालक कारबाही, उठ्यो १० लाख ५३ हजार ५१० कर

काठमाडौँ- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ९३ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ११७ जना तथा तीव्र गतिमा सवारी चलाउने २२८ जना रहेका छन्।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लेन अनुशासन पालना नगर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९० जना र एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने ८८ जनालाई पनि कारबाही गरिएको छ।

यसका अतिरिक्त विभिन्न अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार १८६ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: ८ असार २०८३ ११:२९ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast