काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले शुक्रबार संसद्मा रक्षामन्त्रीको समेत खोजी गरेका छन्।
‘प्रधानमन्त्रीज्यू आउनुहुन्न। अब रक्षामन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो। हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं’ उनले भने।
सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको उनले बताए। ‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरूलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्,’ साम्पाङले भने।
हाल रक्षामन्त्रीको जिम्मेवारीमा पनि प्रधानमन्त्री वालेन्द्र शाह आफैँ छन्।
प्रकाशित: २९ जेठ २०८३ ११:४८ | Friday, June 12, 2026
प्रतिक्रिया




