सनातन सम्मेलनका लागि नेपाल आउँदै स्वामी अवधेशानन्द गिरि

हिमाल प्रेस २ असार २०८३ ८:१४ | Tuesday, June 16, 2026
20
SHARES
सनातन सम्मेलनका लागि नेपाल आउँदै स्वामी अवधेशानन्द गिरि

काठमाडौँ- सन् २००८ को ‘हिन्दु पुनर्जागरण पुरस्कार’ बाट सम्मानित अवधेशानन्द गिरि नेपाल आउन लागेका हुन्। असार ६ गते विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनका लागि स्वामी अवधेशानन्द गिरि नेपाल आउन लागेका हुन्।

विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनमा अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ र किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ पनि सहभागी हुनेछन्। सनातन सम्मेलनमा स्वामी अवधेशानन्द गिरि मुख्य वक्ताका रूपमा प्रस्तुत हुनेछन्।

असार ५ गते काठमाडौं ओर्लिने स्वामी अवधेशानन्द गिरि सोही दिन काठमाडौंमा आयोजना हुने प्रबुद्ध नागरिक गोष्ठीमा पनि सहभागि हुनेछन् । असार ७ गते पशुपतिनाथ र वसन्तपुरमा कुमारीदेविको दर्शन गरेपछि उनी भारत फर्किने कार्यक्रम छ ।

को हुन स्वामी अवधेशानन्द गिरि?

सन् २००८ को ‘हिन्दु पुनर्जागरण पुरस्कार’ बाट सम्मानित स्वामी अवधेशानन्द गिरि ‘जूना अखडा’ का आचार्य महामण्डलेश्वर हुन् । जुना अखडा नागा साधुहरूको सबैभन्दा ठूलो अखाडा हो । गिरिले हालसम्म करिब १० लाख नागा साधुहरूलाई संन्यासको दीक्षा दिइसकेका छन्। अवधेशानन्द गिरि ‘हिन्दु धर्म आचार्य सभा’ का अध्यक्ष र ‘वल्र्ड काउन्सिल अफ रिलिजियस लिडर्स’ का बोर्ड सदस्य पनि हुन् । अवधेशानन्द गिरि आधुनिक विचारक र प्रखर वक्ता पनि हुन्।

जलवायु परिवर्तन, पर्यावरण संरक्षण र विभिन्न सम्प्रदायहरूबीचको भातृत्वका विषयमा सन् २०१९ संयुक्त राष्ट्र संघको मुख्यालयमा गिरिले प्रवचन दिएकाछन् । स्वामी अवधेशानन्द गिरिको नेपाल यात्रालाई नेपाल सरकारले अघि सारेको ‘देवभूमि नेपाल अभियान’ लाई विश्वव्यापीकरण गर्ने अवसरका रुपमा लिनुपर्ने जानकारहरुको भनाइ छ।  योगका विशेषज्ञ एवं वेद–शास्त्रका प्रकाण्ड विद्वान स्वामी अवधूत प्रकाशबाट अवधेशानन्द गिरिले वेदान्त दर्शन र योगको शिक्षा ग्रहण गरेका हुन् । शंकराचार्य स्वामी सत्यमित्रानन्द गिरि जीबाट अवधेशानन्दी गिरिले औपचारिक संन्यास दीक्षा प्राप्त गरेका हुन् ।
सन् १९९८ मा हरिद्वारमा आयोजित कुम्भ मेलाका अवसरमा जूना अखडाका सम्पूर्ण सन्तहरूले सर्वसम्मतिले उनलाई अखडाको सर्वोच्च पद ‘आचार्य महामण्डलेश्वर’ मा नियुक्त गरेका थिए ।

स्वामी अवधेशानन्द गिरि परम्परागत सन्तका साथै वैश्विक मुद्दाहरूमा आवाज उठाउने आधुनिक विचारक पनि हुन् । उनले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र विभिन्न सम्प्रदायहरूबीच भ्रातृत्व विकासका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत आवाज उठाएकाछन् ।

प्रकाशित: २ असार २०८३ ८:१४ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast