काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार विश्वासको मत लिने भएका छन्।
उनले भदौ ७ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उक्त दिन विश्वासको मतको प्रस्ताव सभामा प्रस्तुत गर्ने प्रदेशसभा सचिव रामकुमार पौडेल जारी गरेको सूचनामा जनाइएको छ।
थापा मगरलाई बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
प्रकाशित: ५ भदौ २०८३ १८:२७ | Friday, August 21, 2026
प्रतिक्रिया


