फिफा विश्वकप २०२६ : उज्बेकिस्तानमाथि कोलम्बियाको सहज जित

हिमाल प्रेस ४ असार २०८३ १०:१३ | Thursday, June 18, 2026
8
SHARES
फिफा विश्वकप २०२६ : उज्बेकिस्तानमाथि कोलम्बियाको सहज जित

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा रहेको कोलम्बियाले उज्बेकिस्तानमाथि सहज जित दर्ता गरेको छ। नेपाली समयअनुसार बिहीबार बिहान मेक्सिको सिटी रंगशालामा भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानमाथि ३–१ गोलको सहज जित दर्ता गरेको हो।

डेनियल मुनोजले ४०औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेन। उज्बेकिस्तानले ६०औँ मिनेटमा गोल फर्काएको थियो । उक्त समयमा उज्बेकिस्तानका लागि अबोस्बेक फैजुल्लाएभ गोल गरेका थिए।

तर, त्यसपछि पनि कोलम्बियाले २ गोल थप गर्दै खेलको नजिता आफ्नो पक्षमा ल्यायो । कोलम्बियाका लुइस डियाजले ६५ तथा जामिन्टन क्याम्पाज इन्जुरी समयमा गोल गरे ।

यो जितसँगै कोलम्बिया समूह ‘के’को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि बुधबार राति भएको खेलमा पोर्चुगल र डीआर कंगोले बराबरी खेल्दै अंक बाँडेका थिए ।

प्रकाशित: ४ असार २०८३ १०:१३ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast