गर्मी बढेपछि कञ्चनपुरको बेदकाटका विद्यालय चार दिन बन्द

हिमाल प्रेस ८ असार २०८३ १५:०४ | Monday, June 22, 2026
12
SHARES
गर्मी बढेपछि कञ्चनपुरको बेदकाटका विद्यालय चार दिन बन्द

कञ्चनपुर- अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मंगलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए।

भीमदत्त नगरपालिकाले पनि अत्यधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार यही असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो।

कञ्चनपुरमा पछिल्लो एक साता यता गर्मी अत्यधिक बढेको छ। मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी तीन दिनसम्म तातो लहर चल्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित: ८ असार २०८३ १५:०४ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast