कति छ विदेशी मुद्राको विनिमयदर?

हिमाल प्रेस ४ असार २०८३ ७:३५ | Thursday, June 18, 2026
4
SHARES
कति छ विदेशी मुद्राको विनिमयदर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ।

बुधबार यसको भाउ एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा तोकिएको छ। बुधबार युरोको भाउ एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा थियो। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०३ रुपैयाँ १७ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १९० रुपैयाँ ३७ पैसा र बिक्रीदर १९१ रुपैयाँ १२ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३३ पैसा र बिक्रीदर २२ रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १० पैसा र बिक्रीदर ४१ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४० पैसा र बिक्रीदर २३ रुपैयाँ ५० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ६५ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

प्रकाशित: ४ असार २०८३ ७:३५ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast