अमेरिका–इरान सम्झौताको सम्भावनाबीच कच्चा तेलको मूल्यमा गिरावट

हिमाल प्रेस ३० जेठ २०८३ १४:३५ | Saturday, June 13, 2026
8
SHARES
अमेरिका–इरान सम्झौताको सम्भावनाबीच कच्चा तेलको मूल्यमा गिरावट होर्मुज जलमार्ग। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिका र इरानबीच सम्भावित सम्झौताको चर्चाका बीच कच्चा तेलको मूल्यमा गिरावट आएको छ।

बीबीसीले जनाएअनुसार ब्रेन्ट क्रुड तेलको मूल्य मार्चको सुरुवातयताकै सबैभन्दा तल्लो विन्दुमा झरेको हो।

ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ८७.३३ डलर पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ३.०५ डलर (३.४ प्रतिशत) ले कम हो।

अमेरिकी वेस्ट टेक्सस इन्टर मिडिएट कच्चा तेलको मूल्य पनि घटेर प्रतिब्यारेल ८४.८८ डलर भएको छ। यो अप्रिल महिनायताकै यसको सबैभन्दा कम मूल्य हो।

इरानले अमेरिकासँग सम्झौता हुन लागेको बताएका कारण कच्चा तेलको मूल्यमा गिरावट आएको बताइएको छ।

शुक्रबार इरानी विदेशमन्त्री अब्बास अराग्चीले एक टेलिभिजन कार्यक्रममा भनेका थिए,‘हामी पहिलेभन्दा सम्झौताको धेरै नजिक छौँ। अर्थात्, यो आगामी एक दुई दिनमा हुनसक्छ वा आगामी केही दिनभित्रै हुन सक्छ।’

प्रकाशित: ३० जेठ २०८३ १४:३५ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast