नेकपा एमालेको केन्द्रीय कार्यालय।
काठमाडौँ– नेकपा (एमाले) को सचिवालय बैठक शुक्रबार बस्दैछ।
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ः०० बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
बैठकमा नेताहरुको कार्यविभाजन हुने उनले बताए।
गत मंसिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन।
प्रकाशित: ७ जेठ २०८३ २१:२० | Thursday, May 21, 2026
प्रतिक्रिया




