स्रोत नखुलेको २७ लाखसहित विमानस्थलबाट दुई जना पक्राउ

हिमाल प्रेस २० वैशाख २०८३ १५:०० | Sunday, May 3, 2026
10
SHARES
स्रोत नखुलेको २७ लाखसहित विमानस्थलबाट दुई जना पक्राउ

इटहरी- जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट काठमाडौँ जाने यात्रुहरूको नियमित जाँचका क्रममा दुई फरक मितिमा नगद बरामद गरिएको हो।

वैशाख १८ गते बेलुका करिब ८ बजे बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका धरान उपमहानगरपालिका-१८ का ३५ वर्षीय दिलीप तामाङको साथबाट ११ लाख नगद फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, वैशाख १९ गते दिउँसो ३ः३५ बजे श्री एयरलाइन्सको उडानबाट काठमाडौँ जान लागेका भारत, माल्दा जिल्लाका ३६ वर्षीय मोहिदिल अलीको साथबाट १५ लाख ९८ हजार नगद बरामद गरिएको छ।

दुवै जनाबाट कुल २६ लाख ९८ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २० वैशाख २०८३ १५:०० | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast