यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय 

हिमाल प्रेस ११ जेठ २०८३ १७:१० | Monday, May 25, 2026
12
SHARES
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय 

काठमाडौँ- सरकारले नेपाल-चीन जोड्ने चिलिमे-केरुङ विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने ‘लेटर अफ रिप्लाई’ स्वीकृत गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।

त्यस्तै, कृषि तथा वन मन्त्रालयको प्रस्तावअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। जसअनुसार मोटो धानको प्रति क्विन्टल रु ३,६०० र मध्यम धानको प्रति क्विन्टल रु ३,८६० तोकिएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयअन्तर्गत सहकारी क्षेत्रमा भएका बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरिएको छ।

प्रकाशित: ११ जेठ २०८३ १७:१० | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast