अमेरिकी डलरको मूल्य आज पनि महँगो मूल्यमै, अरू मुद्राको मूल्य कति?

हिमाल प्रेस ३० वैशाख २०८३ ६:१८ | Wednesday, May 13, 2026
10
SHARES
अमेरिकी डलरको मूल्य आज पनि महँगो मूल्यमै, अरू मुद्राको मूल्य कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरले आज पनि अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड कायम गर्दा अरु सबैजसो मुद्राको भाउ उच्चदरमा बढेको छ। हिजो पनि सबैजसो मुद्राको मूल्य बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। हिजो हालसम्मकै उच्च बनेको अमेरिकी डलरको विनिमयदर आज पनि वृद्धि भएको हो। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा थियो।

आज युरो १ को खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा छ। हिजो युरो १ को खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा थियो। आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ६० पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ०४ पैसा थियो।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रकाशित: ३० वैशाख २०८३ ६:१८ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast