काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आफ्नो आसनबाट उठेका छन्।
उनी राष्ट्रपतिको सम्बोधन नसकी शुक्रबार संसद् बैठकबाट हिँडेका हुन्।
राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिसक्दा पनि प्रधानमन्त्री बालेन आफ्नो आसनमा फर्किएका थिएनन्। सभामुख डोलप्रसाद अर्यालले संसद्को दुवै सदनको बैठक स्थगित भएको घोषणा गरेका छन्।
प्रकाशित: २८ वैशाख २०८३ १७:२३ | Monday, May 11, 2026
प्रतिक्रिया



