काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने भएका छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सम्बोधन गर्ने भएका छन्।
प्रकाशित: २५ वैशाख २०८३ १२:५८ | Friday, May 8, 2026
प्रतिक्रिया



